गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने

बैशाख ५, गोरखा । सरकारले सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा दिने भएपछि गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने जानकारी गराएसंगै गोरखा अस्पतालले पनि बिदा दिएको हो । 

अस्पतालले सुचना जारी गर्दै बैशाख ५ गते अर्थात आजदेखि लागु हुने गरी बिदा दिएको हो । बिदाका दिन अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बन्द भएतापनि आकस्मिक र अत्यावश्यक सेवाहरू २४ घण्टा सञ्चालनमा रहने अस्पतालले जनाएको छ । 

हप्तामा दुई दिने बिदाका कारण स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा निरन्तर सञ्चालन गर्ने गरी तयारी गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

बिदाका दिनमा बिरामीले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नजिकका उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न समेत मन्त्रालयले अनुरोध गरेको छ । 

यसैगरी उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित

चैत २८, गोरखा । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२  द्वारा गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित हुनुभएको छ। काठमाडौँको

प्रदेश अस्पताल गोरखामा नयाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त

चैत १५, गोरखा । प्रदेश अस्पताल गोरखाको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (नि. मेसु) पदमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. शम्भु अधिकारी नियुक्त

प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालन, बिहानैदेखि ओपीडी सेवा सुचारु

चैत ९, गोरखा । प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालनमा आएको छ। साथै अस्पतालले जनरल ओपीडी सेवा बिहान ८ बजेदेखि नै सुचारु गरेको जनाएको छ।

↑