प्रदेश अस्पताल गोरखामा नयाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त
चैत १५, गोरखा । प्रदेश अस्पताल गोरखाको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (नि. मेसु) पदमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. शम्भु अधिकारी नियुक्त हुनुभएको छ। उहाँले उक्त पदको जिम्मेवारी सम्हाल्दै पदभार ग्रहण गर्नुभएको छ।
यसअघि उक्त जिम्मेवारीमा रहनुभएका डा. सिद्दार्थ खनाल उच्च अध्ययनका लागि बाहिर जानु भएकाले उहाँको स्थानमा डा. अधिकारीलाई नियुक्त गरिएको हो।
डा. अधिकारी एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर क्षेत्रमा अनुभव सम्पन्न चिकित्सकका रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा अस्पतालको सेवा थप प्रभावकारी, सेवामुखी तथा जनमुखी बन्ने विश्वास गरिएको छ।
अस्पताल प्रशासनले नव नियुक्त डा. अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अस्पतालको सेवा स्तर अझ उकासिने अपेक्षा गरेको छ।
त्यसैगरी, निवर्तमान नि. मेसु डा. सिद्दार्थ खनालले आफ्नो कार्यकालमा अस्पतालको सेवा विस्तार तथा गुणस्तर सुधारमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गरिएको छ। उहाँ हाल विषयगत विशिष्टिकृत अध्ययनमा संलग्न रहनुभएको छ।
यसैविच प्रदेश अस्पताल गोरखाले गत हप्ता अस्पतालबाट १६ सय १२ जना बिरामीले सेवा लिएको जनाएको छ । जसमध्ये १२ सय ४७ जनालेओपिडि, २ सय ९० जनाले ईमर्जेन्सी र ७५ जनाले असपतालमा भर्ना भई उपचार गरेको थियो ।
गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने
बैशाख ५, गोरखा । सरकारले सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा दिने भएपछि गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित
चैत २८, गोरखा । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ द्वारा गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित हुनुभएको छ। काठमाडौँको
प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालन, बिहानैदेखि ओपीडी सेवा सुचारु
चैत ९, गोरखा । प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालनमा आएको छ। साथै अस्पतालले जनरल ओपीडी सेवा बिहान ८ बजेदेखि नै सुचारु गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस