स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित
चैत २८, गोरखा । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ द्वारा गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित हुनुभएको छ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा शनिबार सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो। सोही क्रममा गोरखाबाट स्वास्थ्य सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका विनोद अर्याललाई स्वास्थ्यकर्मी विधातर्फ सम्मान गरिएको हो।
कार्यक्रमकी प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्मा ले सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार तथा संस्थालाई अवार्ड वितरण गर्नुभएको थियो। उहाँले स्वास्थ्य क्षेत्रका जनशक्तिले अनेक चुनौतीका बीच पनि निरन्तर सेवा दिइरहेको उल्लेख गर्दै उनीहरूको योगदान उच्च रहेको बताउनुभयो।
गोरखामा रहेर स्वास्थ्य सेवा प्रवाहमा योगदान दिँदै आउनुभएका अर्यालको यो सम्मानले स्थानीय स्तरमा कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल बढाएको छ। विशेष गरी दुर्गम क्षेत्रका बिरामीहरूलाई सेवा पुर्याउन खेलेको भूमिकालाई मूल्यांकन गर्दै उहाँलाई यो अवार्ड प्रदान गरिएको हो।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रदेशबाट छनोट गरिएका स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। स्वास्थ्यकर्मीहरूको योगदानको कदर गर्दै हरेक वर्ष आयोजना गरिँदै आएको यस अवार्डले यसपटक पनि देशभरका समर्पित स्वास्थ्यकर्मीहरूलाई एकै ठाउँमा जोड्ने काम गरेको छ।
गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने
बैशाख ५, गोरखा । सरकारले सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा दिने भएपछि गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा
प्रदेश अस्पताल गोरखामा नयाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त
चैत १५, गोरखा । प्रदेश अस्पताल गोरखाको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (नि. मेसु) पदमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. शम्भु अधिकारी नियुक्त
प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालन, बिहानैदेखि ओपीडी सेवा सुचारु
चैत ९, गोरखा । प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालनमा आएको छ। साथै अस्पतालले जनरल ओपीडी सेवा बिहान ८ बजेदेखि नै सुचारु गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस