गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड

असार १०, गोरखा । 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव गरेको छ । १९ औं नगरसभा अन्तर्गत बुधवारको बैठकमा उपप्रमुख मसलीमाया थोकरले विनियोजन ऐन २०८३ र आर्थिक ऐन २०८३ प्रस्तुत गर्नुभएको हो ।

अनुमानित आय ब्यय विवरण अनुसार संघीय सशर्तअनुदान तर्फ ३९ करोड ७४ लाख, संघीय समानीकरण अनुदान तर्फ २१ करोड २४ लाख, संघीय समपुरक अनुदान तर्फ २ करोड ५९ लाख, संघीय बिशेष अनुदान तर्फ १ करोड असी लाख, संघीय राजश्व बाँडफाड तर्फ १० करोड २२ लाख ३० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

प्रदेश समानीकरणअनुदान तर्फ ३ करोड ९ लाख ३२ हजार, प्रदेश समपुरकअनुदान तर्फ ६० लाख, प्रदेश राजश्व बांडफांड तर्फ १ करोड ५९ लाख ७९ हजार ६ सय ८ रुपैया आम्दानी हुने नगरपालिकाको  अनुमान छ ।

यस्तै प्रदेश बिशेष अनुदान तर्फ ३९ लाख ९५ हजार,  नगरपालिकाको आन्तरिक आय तर्फ ८ करोड ९६ लाख १३हजार ३ सय ९२ र चालु आर्थिक वर्षको नगद मौज्दात तर्फ १३ करोड गरी आगामी आर्थिक वर्ष १ अर्व ३ करोड २४ लाख ५० हजार रुपैया आम्दानी हुने उपप्रमुख थोकरले प्रस्तुत गरेको वजेट वक्तब्यमा उल्लेख छ । 

वजेट वक्तब्यमा खर्चतर्फको विस्तृत कार्यक्रम उल्लेख गरिएको छैन । तर विषयगत क्षेत्रका लागि भने एकमुष्ट वजेट खर्चको प्रस्ताव गरिएको छ ।

संघ र प्रदेशको सशर्त, विशेष र समपूरक अनुदान तोकिएको कार्यक्रममा खर्च हुनेछ । विषयगत क्षेत्र अन्तर्गत शिक्षा तर्फ ३ करोड, स्वास्थ्य र आयुर्वेदतर्फ १ करोड ७० लाख, सामाजिक विकास तर्फ १ करोड ६० लाख, कृषि तथा पशु विकास तर्फ १ करोड २० लाख, न्यायिक समिति तथा उप प्रमुख सवल नेतृत्व विकास कार्यक्रम तर्फ ६५ लाख रुपैयाँ छुट्याइएको छ । 

यस्तै बन बातावरण तथा बिपद व्यवस्थापन तर्फ ६० लाख, संगठन विकास तथा सुशासन तर्फ ३५ लाख, क्रमागत ठेक्का रअन्य दायित्व तर्फ २ करोड, नगर बिकास कोष, सडक बोर्ड नेपाल, मुख्य मन्त्री नवप्रवर्तन कार्यकम लगायत बिभिन्न साझेदारीमा गर्नुपर्ने आवश्यक कार्यक्रम कार्यानवयनको लागि १ करोड, खेलकुद कार्यक्रमका लागि  ७५लाख रुपैयाँ विनियोजन गरिएको छ । 

ब्यय तर्फका रकमहरुको पूर्ण विवरण सहितको योजना तथा कार्यक्रम नगरसभाको अर्को बैठकमा पेश गरिने उपप्रमुख थोकरले जानकारी दिनुभयो । १९ औं नगरसभा अन्तर्गत बुधवार प्रस्तुत गरिएकोे विनियोजन ऐन र आर्थिक ऐन नगरसभाको आगामी बैठकले पारीत गर्नेछ ।

सभामा नगरप्रमुख कृष्णबहादुर रानामगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

नगरसभाको अर्को बैठक असार अन्तिम साता बस्ने सभाका सचीव एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस

पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने

​असार १५, गोरखा ।  गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी मैत्री, सहकार्य तथा दिगो विकासका

जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न

गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा

यी हुन् मेस्सीले बनाइदिएका गोरखाका एक सहित नेपालका १४ स्वास्थ्य चौकी

किरण लोहनी असार ५, गोरखा ।  गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग

↑