प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालन, बिहानैदेखि ओपीडी सेवा सुचारु

चैत ९, गोरखा । प्रदेश अस्पताल गोरखामा इन्डोस्कोपी सेवा सञ्चालनमा आएको छ। साथै अस्पतालले जनरल ओपीडी सेवा बिहान ८ बजेदेखि नै सुचारु गरेको जनाएको छ। सार्वजनिक बिदाको दिनमा बाहेक अन्य दिनहरुमा बिहान ८ बजेबाट अस्पतालले सेवा दिनेछ ।

अस्पतालका अनुसार बिहानै सेवा सुरु भएसँगै विशेषगरी नियमित औषधि सेवन गर्ने, खाली पेटमा रगतमा सुगर जाँच गर्नुपर्ने तथा थाइराइड परीक्षण गर्नुपर्ने सेवाग्राहीहरूलाई सहज हुने विश्वास गरिएको छ। यस व्यवस्थाले सेवाग्राहीलाई समयमै सेवा लिन सहयोग पुग्ने र दिउँसोको समयमा हुने भीडभाड समेत कम हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले समय मिल्ने सेवाग्राहीहरूलाई बिहान ८ बजेदेखिको सेवा उपयोग गर्न अनुरोध गरेको छ।

त्यसैगरी, अस्पतालमा सञ्चालन हुँदै आएको हेमोडायलाइसिस सेवा अब थप विस्तार गरिएको छ। पहिले २ सिफ्टमा सञ्चालन भइरहेको सेवा हाल ३ सिफ्टमा विस्तार गरी राति ११ बजेसम्म सञ्चालनमा ल्याइएको अस्पतालले जानकारी दिएको छ।

अस्पताल प्रशासनले सेवाको विस्तारले बिरामीहरूलाई थप सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस

गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने

बैशाख ५, गोरखा । सरकारले सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा दिने भएपछि गोरखा अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित

चैत २८, गोरखा । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२  द्वारा गोरखाका स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित हुनुभएको छ। काठमाडौँको

प्रदेश अस्पताल गोरखामा नयाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त

चैत १५, गोरखा । प्रदेश अस्पताल गोरखाको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (नि. मेसु) पदमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. शम्भु अधिकारी नियुक्त

↑