यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न, राष्ट्रिय फुटबल कटारी टाइगर र छात्रातर्फ गोरखा फुटबल क्लब विजयी
बैशाख १, गोरखा । गोरखामा युवा फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। द ओसन क्लब को आयोजनामा सम्पन्न प्रतियोगिताले देशभरका बाल खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा चैत २७ देखि सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहेको थियो। लिगकम नकआउट आधारमा खेलाइएको प्रतियोगितामा उदयपुरको कटारी टाइगर फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो।
फाइनल खेलमा चितवनको नारायणगढ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै कटारी टाइगरले उपाधिसहित २५ हजार रुपैयाँ नगद, रनिङ शिल्ड, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता नारायणगढले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा छात्रातर्फ पनि प्रतिस्पर्धा आकर्षक बनेको थियो। गोरखा फुटबल क्लबले एम्बेस्टर फुटबल क्लब चितवनलाई पेनाल्टीसुटआउटमा ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो। विजेता गोरखाले १५ हजार रुपैयाँ नगद प्राप्त गर्दा उपविजेता चितवनले ७ हजार ५ सय रुपैयाँमा सीमित हुनुपरेको छ।
प्रतियोगिताले केवल प्रतिस्पर्धात्मक खेल मात्र नभई अनुशासन र खेलभावनालाई पनि प्राथमिकता दिएको थियो। सोही अनुसार फेयर प्ले अवार्ड, उत्कृष्ट गोलरक्षक र प्रतिभावान खेलाडीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
यस प्रतियोगिताले बाल स्तरमै फुटबल प्रतिभा पहिचान र विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

प्रतिकृया दिनुहोस