गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त हुनुभएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
गोरखा क्षेत्रबाट प्रतिनिधित्व गर्ने न्यौपाने नेपाली कांग्रेस गोरखाका सभापति तथा गण्डकी प्रदेशसभा सदस्य समेत हुनुहुन्छ। उहाँको नियुक्तिसँगै गोरखाबाट प्रदेश सरकारमा प्रभावशाली उपस्थिति देखिएको छ। ऊर्जा तथा खानेपानी जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु गोरखाका लागि समेत अर्थपूर्ण मानिएको छ।
पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेस र नेकपा (एमाले)ले समान रूपमा चार–चार मन्त्रालय पाएका छन्। कांग्रेसबाट जित बहादुर शेरचन आर्थिक मामिला मन्त्री बन्नुभएको छ भने रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ।
त्यस्तै एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री तथा भीम बहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्नुभएको छ। यसअघि कार्यरत मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू नियुक्त गरिएको हो। गण्डकी प्रदेशको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न, राष्ट्रिय फुटबल कटारी टाइगर र छात्रातर्फ गोरखा फुटबल क्लब विजयी
बैशाख १, गोरखा । गोरखामा युवा फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। द ओसन क्लब को

प्रतिकृया दिनुहोस