गोरखामा वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको दीक्षान्त समारोह सम्पन्न

चैत १८, गोरखा । गोरखास्थित वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले आज प्रि-स्कुल तहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा यस शैक्षिक सत्रबाट दीक्षित भएका ३४ जना विद्यार्थीहरू अब विभिन्न विद्यालयहरूमा कक्षा १ मा अध्ययनका लागि प्रवेश गर्ने भएका छन्।

समारोहमा विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न रचनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए, जसले कार्यक्रम थप आकर्षण बनेको थियो।

कार्यक्रममा अभिभावकहरूको तर्फबाट पुनम श्रेष्ठ, निश्चल अर्याल र कान्ति श्रेष्ठले मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्नुभएको थियो । त्यसैगरी विद्यालयका संस्थापक प्रिन्सिपल कल्पना श्रेष्ठले विद्यालयको यात्राबारे प्रकाश पार्दै विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्नुभएको थियो।

२०७७ सालमा गोरखा सदरमुकाममा स्थापना भएको वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले छोटो समयमै राष्ट्रिय रुपमै उत्कृष्ट प्रि-स्कुलका रूपमा पहिचान बनाउन सफल भएको विभिन्न समयमा पुरस्कृत समेत भइसकेको छ।

प्रतिकृया दिनुहोस

गोरखाको द ओल्ड क्यापिटल मा. वि. देशभरमै उत्कृष्ट

बैशाख २०, गोरखा । गोरखास्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ। देशभरका हजारौँ माध्यमिक

गोरखामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम

चैत ११, गोरखा । वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोरखामा सार्वजनिक यातायातमा डढेलो सम्बन्धी सन्देश राखिएको छ । वन

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने

फागुन ६, काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय

↑