गोरखामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम
चैत ११, गोरखा । वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोरखामा सार्वजनिक यातायातमा डढेलो सम्बन्धी सन्देश राखिएको छ । वन डढेलो सप्ताह–२०८२ अन्तरगत डिभिजन वन कार्यालय गोरखाको आयोजनामा ट्राफिक कार्यालय र यातायात व्यवसायी संघको समन्वयमा यस्तो अभियान सञ्चालन गरिएको हो ।
वन अधिकृत अर्जुन अछामीका अनुसार ‘वनलाई डढेलोबाट जोगाऔँ’ र ‘पर्यावरणको संरक्षण गरौँ’ जस्ता सन्देश समेटिएका स्टिकर सार्वजनिक सवारी साधनमा टाँसिएको छ । डढेलो सम्बन्धी सन्देश गाउँगाउँसम्म पुर्याउने उद्देश्यले जिल्लाभर सञ्चालनमा रहेका सवारी साधनमा स्टिकर राखिएको हो ।
कार्यालयले मंगलबार सदरमुकामस्थित पुरानो बसपार्क र घ्याम्पेसाल बसपार्क क्षेत्रमा स्टिकर वितरण गरेको हो । काठमाडौँ, चितवन, पोखरा लगायत लामो दुरीका साथै जिल्लाभित्र सञ्चालन हुने छोटो दुरीका करिब ३० वटा सवारी साधनमा स्टिकर राखिएको र आगामी दिनमा अन्य बजार क्षेत्रमा पनि स्टिकर वितरण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
सामान्यतया चैतको पहिलो हप्तामा मनाइने वन डढेलो सप्ताह यस वर्ष विविध कारणले ढिलाइ भएको र अहिले कार्यक्रम सम्पन्न गरिएको वन अधिकृत अछामीले जानकारी दिनुभयो ।
यसैबीच, डिभिजन वन कार्यालय गोरखाले वन डढेलो सप्ताह–२०८२ का अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरेको छ । सामुदायिक वनहरुसँग अन्तरक्रिया, डढेलो नियन्त्रणका अभ्यास तथा जनचेतनामूलक कार्यक्रममार्फत सप्ताह मनाइएको कार्यालयले जनाएको छ ।
गोरखाको द ओल्ड क्यापिटल मा. वि. देशभरमै उत्कृष्ट
बैशाख २०, गोरखा । गोरखास्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ। देशभरका हजारौँ माध्यमिक
गोरखामा वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको दीक्षान्त समारोह सम्पन्न
चैत १८, गोरखा । गोरखास्थित वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले आज प्रि-स्कुल तहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा यस
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने
फागुन ६, काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय

प्रतिकृया दिनुहोस