गोरखाको द ओल्ड क्यापिटल मा. वि. देशभरमै उत्कृष्ट

बैशाख २०, गोरखा । गोरखास्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ। देशभरका हजारौँ माध्यमिक विद्यालयहरूको विभिन्न सूचकका आधारमा ‘उत्कृष्ट मावि’ को उपाधि प्राप्त गर्दै विद्यालयले राष्ट्रिय शिक्षा सम्मान २०८३ जित्न सफल भएको हो।

सामाजिक क्षेत्रमा सक्रिय संस्था फोकस नेपालद्वारा शनिबार नेपाल पुलिस क्लब, काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो। समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले संयुक्त रूपमा विद्यालयका अध्यक्ष सुरेन्द्र कुवँर तथा प्रधानाध्यापक जनक केसीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।

आयोजकका अनुसार विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। पर्याप्त भौतिक पूर्वाधार, अनुभवी र दक्ष शिक्षकद्वारा प्रदान गरिने गुणस्तरीय तथा प्रतिस्पर्धी शिक्षा, साथै विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित अतिरिक्त क्रियाकलापहरू यस सफलताको मुख्य आधार मानिएको छ। यसका साथै दक्ष जनशक्ति उत्पादनमा विद्यालयले खेलेको भूमिका र विगतका वर्षहरूमा हाँसिल गरेका उत्कृष्ट शैक्षिक नतिजाले पनि विद्यालयलाई यो प्रतिष्ठित स्थान दिलाएको फोकस नेपालका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।

गोरखा जिल्लामा विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल यस विद्यालयमा हाल २ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयको निस्वार्थ शैक्षिक सेवाको प्रशंसा गर्दै आयोजकले आगामी दिनमा पनि राष्ट्रको शिक्षा विकासमा यस संस्थाबाट अझ प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। विद्यार्थीहरुकाे लगनशीलता तथा शिक्षकहरुको मेहनत र अभिभावकहरुले विद्यालयलाई गर्नुभएको विश्वासले नै यो देशैभरीमा उत्कृष्ट भई सम्मान जित्न सफल भएको विद्यालयका अध्यक्ष सुरेन्द्र कुवँरले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

गोरखामा वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसको दीक्षान्त समारोह सम्पन्न

चैत १८, गोरखा । गोरखास्थित वेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउसले आज प्रि-स्कुल तहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा यस

गोरखामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम

चैत ११, गोरखा । वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोरखामा सार्वजनिक यातायातमा डढेलो सम्बन्धी सन्देश राखिएको छ । वन

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने

फागुन ६, काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय

↑