उत्तरी गोरखाको पीडा बोल्ने गीत ‘भिर देखिन्छ पिरहरुको’ सार्वजनिक
चैत ६, गोरखा । ‘भिर देखिन्छ पिरहरुको’ बोलको गीतमार्फत उत्तरी गोरखाको कथा र व्यथा प्रस्तुत गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुरज पण्डितको स्वर र संगीतमा तयार उक्त भिडियो सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
भौगोलिक विकटताका कारण उत्तरी गोरखाका बासिन्दाले भोग्दै आएका दुःख, पीडा र समस्यालाई गीतमार्फत सशक्त रूपमा प्रस्तुत गरिएको छ। राजधानीले नदेखेका दुर्गम बस्तीका वास्तविकता, जनजीवनका चुनौती र उपेक्षालाई भिडियोले उजागर गरेको छ।
म्युजिक भिडियो हिमाली क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा छायांकन गरिएको हो, जसले त्यहाँको यथार्थ जीवनशैलीलाई चित्रण गरेको छ। प्रेम पौडेलको शब्द रहेको गीतले गाउँका पीडा सहरले नदेखेको अवस्था, चुनाव जितेका नेताहरू गाउँमा नफर्कने प्रवृत्ति, विदेशिने तयारीमा रहेका युवाहरूले स्वदेशको आवाज नपर्खने अवस्था तथा विकास र समृद्धिका नारा कागजमै सीमित भएको यथार्थलाई समेटेको छ।
गीतमा सुरज पण्डित स्वयंका साथै स्थानीय कलाकार सोनाम छिरिङ र मोडल जोनिशा गुरुङलगायतको अभिनय रहेको छ।
यसअघि गायक पण्डितले कर्णालीको पीडालाई समेत समेट्ने ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा’, ‘मेरी हजुर’, ‘रातो किताब’ ‘सिंहदरबार’ लगायतका थुप्रै गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिसक्नु भएको छ।
उक्त म्युजिक भिडियो युट्युबमा तल क्लिक गरेर हेर्न सकिन्छ ।
‘भिर देखिन्छ पिरहरुको’ गीत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

प्रतिकृया दिनुहोस