छेवेटारमा सडक खाना महोत्सव हुने
माघ २३, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारमा सडक खाना महोत्सव हुने भएको छ । स्थानीय सुर्योदय युवा क्लबको आयोजनामा सडक खाना महोत्सव गर्न लागिएको हो ।
यहीँ माघ २४ गतेदेखि छेवेटार खेलकुद मैदानमा हुन लागेको प्रथम पृथ्वीनारायण गोल्डकपसँगै सडक खाना महोत्सव आयोजना गरिएकोे वडाध्यक्ष प्रदिप कुवाँरले जानकारी दिनुभयो । प्रतियोगिता अवलोकन गर्न आउने दर्शकहरुलाई लक्षित गरि रोड महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीयस्तरमा उत्पादन हुने रैथाने परिकारहरु ढिडो, रोटी, तरकारी, दरौंदीको माछालगायतका परिकार राखिने उहाँले बताउनुभयो ।
साथै खेल हेर्न आएका दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले साँझमा विभिन्न संस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने वडाध्यक्ष कुवाँरले बताउनुभयो । साँझ ५ बजेदेखि ८ बजेसम्म विभिन्न खानाका परिकारहरु बिक्रीमा राखिे छ ।
साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती पनि रहेने वडाध्यक्ष कुवाँरले बताउनुभयो ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

प्रतिकृया दिनुहोस