गोरखामा हर्ष उल्लासका साथ मनाइयो माघे सङ्क्रान्ति

माघ १, गोरखा । गोरखाको मगर समुदायले विभिन्न कार्यक्रम गरि हर्ष उल्लासका साथ माघे सक्रांती मनाइएको छ । नेपाल मगर संघ नगर कार्यसमिति गोरखाको आयोजनामा झाँकी ¥यालीसहित माघे सक्रांती मनाइएको हो । गोरखा नगरपालिका–७ रोटेपानीस्थित मगर संघको भवनबाट निकालिएको झाँकी ¥याली खेलकुद मैदान हरमटारीमा आएर कार्यक्रममा परिणत भएको थियो ।

मगर समुदायले आफ्नै मौलिक भेषभुषामा सजिएर परम्परा अनुसारका विभिन्न गीत संगित र झाँकी समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कौडा नाँच, झाउरेलगायत टिका सिंजाली मगरको विषेश प्रस्तुती रहेको नेपाल मगर संघका केन्द्रिय सदस्य विष्णु राना मगरले जानकारी दिनुभयो । सोही अवसरमा नगर समितिका पूर्व अध्यक्षद्धय शेर राना र भक्तराम रानालाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

नगर समिति अध्यक्ष हुम बहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, संघका गण्डकी प्रदेश सचिव टंक राना मगर, नेपाल आदीवासि जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका उपाध्यक्ष प्रेम ध्वज थापा, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्के, चेम्बर अफ कर्मशका अध्यक्ष रामस्वरुप श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले मन्तव्य राख्न्ुा भएको थियो । 

प्रतिकृया दिनुहोस

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका

बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु

बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन

वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

↑