रत्यौली गीत प्रतियोगितामा गोरखकाली महिला नौमती बाजा समूह प्रथम
पुष २३, गोरखा । गोरखा नगरपालिका भित्रका महिला समूहहरुका बीच भएको रत्यौली गीत प्रतियोगितामा गोरखकाली महिला नौमती बाजा संरक्षण समूह प्रथम बनेको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा हरमटारी खेलकुद मैदान हरमटारीमा जारी १२ औं गोरखा महोत्सवमा भएको रत्यौली प्रतियोगितामा गोरखा नगरपालिका वडा नं.९ लक्ष्मीबजारको महिला नौमती बाजा समूह प्रथम बनेको हो ।
११ वटा टीमको सहभागिता रहेको रत्यौली गीत प्रतियोगितामा गोरखा नगरपालिका वडा नंं ६ हरमटारीको रमाइलो दिदिबहिनी महिला समूह दोस्रो बनेको संघका महासचिव चन्दनबाबु खत्रीले जानकारी दिनुभयो । वडा नं. ३ नारेश्वरस्थित हुलाक डाँडाको प्रगतिशिल महिला समुह तेस्रो बनेको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश १५ हजार, १० हजार, ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको उहाँले बताउनुभयो । संघका अध्यक्ष भगवान बाबु मास्केको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

प्रतिकृया दिनुहोस