गोरखामा विभिन्न कार्यक्रम गरी मनाइयो ११४६ औँ नेपाल संवत्
कार्तिक ५, गोरखा । गोरखामा विभिन्न कार्यक्रम गरी नेपाल संवत् ११४६ औँ न्हुदँया भिंतुना मनाइएको छ । नेवाः देय् दवु र नेवाः मिसा दवु जिल्ला कार्यसमितिको आयोजनामा नयाँ बर्षको रुपमा नेपाल संवत् मनाइएको हो ।
‘नेपाल स्रवत् राष्ट्रया गौरव, संस्कृति–सम्पदा पुर्खाया पौरख’ भन्ने नारासहित प्रभातफेरी कार्यक्रम गरिएको नेवाः देय् दवु जिल्ला कार्यसमिति अध्यक्ष देवी प्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेवार समुदायको पोशाकमा सजिएका युवायुवतीहरुले नेवार समुदायको पहिचान झल्कने धिमेबाजा प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको सुरुवात गराउनु भएसंगै नेपाल सम्वत मनाउने गरिएको हो ।
गोरखा नगरपालिका मयरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, नेवा दय दवुका उपाध्यक्ष रामबाबु श्रेष्ठ, नेवा दय दवूका सल्लहाकार मोहनलाल श्रेष्ठ र आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाका उपाध्यक्ष प्रेम ध्वज थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

प्रतिकृया दिनुहोस