नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने जनाएको छ ।

टेलिकमले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल अफर ल्याएको छ । त्यस्तै, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा अफर ल्याएको छ ।

साथै, २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध गराएको जानकारी दिएको छ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न 

साउन २०, गोरखा । गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्र्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा जिल्ला सहकारी संघको समन्वयममा

गण्डकी सरकारले भदौभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्ने

 साउन २०, काठमाडौं।  गण्डकी प्रदेश सरकारले आगामी भदौ महिनाभित्र राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याएर सञ्चालन गर्ने भएको छ । भौतिक पूर्वाधार

आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

वैशाख २, काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा

↑