गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न 

साउन २०, गोरखा । गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्र्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा जिल्ला सहकारी संघको समन्वयममा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुसहित १४५ जनालाई सहकारी सुरक्षा सचेतनाबारे प्रशिक्षण गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज कार्कीले जानकारी दिनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त सहकारी संस्था सञ्चालकहरुले अपनाउनु पर्ने सुरक्षा सतकर्ता बिषयमा गोरखाका प्रहरी प्रमुख एसपी भरत बहादुर बि.कले प्रशिक्षण गराउनु भएको हो ।

सहकारी सञ्चालकहरुले सामान्य खालको सुरक्षका उपायहरु नअपनाउँदा चोरीका घटनाहरु बढ्दै गएको उहाँले बताउनुभयो । चोरीका घटना न्यूनीकरण गर्ने उदेश्यले सुरक्षित तथा बलियो भल्टको प्रयोग, सिसिटिभि जडान, क्यास लस ट्रान्जेक्सन तथा सुरक्षा गार्डको व्यवस्थालगायतका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको प्रहरी निरिक्षक कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बहादुर बि.क को अध्यक्षता ताथ प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

गण्डकी सरकारले भदौभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्ने

 साउन २०, काठमाडौं।  गण्डकी प्रदेश सरकारले आगामी भदौ महिनाभित्र राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याएर सञ्चालन गर्ने भएको छ । भौतिक पूर्वाधार

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने

आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

वैशाख २, काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा

↑