आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन
वैशाख २, काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ ।
यस क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थाले आवदेन भर्न सक्ने छन् ।
हरेक वर्ष मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।
मन्त्रालयले नेसनल आईसीटी एक्सिलेन्स, नेसनल आईसीटी एक्सिलेन्स (महिला), नेसनल आईसीटी इन्नोभेसन, नेसनल आईसीटी (सार्वजनिक क्षेत्र), नेसनल आईसीटी (निजी क्षेत्र) विधामा अवार्ड दिने सूचनामा उल्लेख छ । आवेदकले सञ्चार मन्त्रालय वा सूचना प्रविधि विभागमा रहेको फारमको ढाँचाअनुरुप विवरण भर्नुपर्ने छ ।
‘आवेदन फारम भरी वैशाख ८ गते बेलुका ५ बजेभित्र इमेलमार्फत् वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउनुपर्नेछ,’ सूचनामा भनिएको छ । आवेदन माग्नुको सट्टा योग्य व्यक्ति तथा संस्था पहिचान गरी सरकारले अवार्ड दिँदा उचित हुने सूचना प्रविधि क्षेत्रमा आवद्धहरूले बताउने गरेका छन् ।
गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
साउन २०, गोरखा । गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्र्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा जिल्ला सहकारी संघको समन्वयममा
गण्डकी सरकारले भदौभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्ने
साउन २०, काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी भदौ महिनाभित्र राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याएर सञ्चालन गर्ने भएको छ । भौतिक पूर्वाधार
नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर
२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने

प्रतिकृया दिनुहोस