जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न

गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ।

पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रको सुख, शान्ति, समृद्धि र सामाजिक एकता कायम रहोस् भन्ने कामनासहित वैदिक विधिअनुसार पूजा सम्पन्न गरिएको थियो ।

नेपालको एकीकरणको इतिहास गोरखाबाट सुरु भएकाले पार्टीको संगठन विस्तार लगायत विभिन्न अन्य अभियानको सुरुवात पनि गोरखाबाटै गर्न र देशमा शान्तिको कामना सहित पुजा आयोजना गरीएको पार्टीका अध्यक्ष रामशरण पाण्डेले बताउनुभयो ।

उहाँले गोरखा नेपालको राष्ट्रिय एकताको प्रतीक भएकाले यही भूमिबाट संगठन विस्तार गर्दै देशभर पार्टीलाई सुदृढ बनाउने लक्ष्य रहेको समेत बताउनुभयो ।

गोरखाको ऐतिहासिक र सांस्कृतिक महत्वलाई सम्मान गर्दै राष्ट्रको समृद्धि, सामाजिक सद्भाव तथा पार्टीको सफल अभियानका लागि आध्यात्मिक शक्ति प्राप्त गर्ने उद्देश्यले गोरखा दरबारबाट शक्ति प्राप्त होस् भन्ने कामनासहित स्वस्ति–शान्ति पूजाको आयोजना गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन

बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा

गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन

बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा

गोरखाको द ओल्ड क्यापिटल मा. वि. देशभरमै उत्कृष्ट

बैशाख २०, गोरखा । गोरखास्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ। देशभरका हजारौँ माध्यमिक

↑