गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन

बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा गुणस्तर विभागबाट प्रमाणित भएपछि मात्रै उद्योग सञ्चालनमा ल्याइएको हो ।

उद्योगले प्रति घण्टा करिब २ हजार लिटर प्रशोधित पिउने पानी उत्पादन गर्ने क्षमता रहेको संचालक रामस्वरुप श्रेष्ठले जानकारी दिनुभयो। करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यस उद्योगले आधुनिक प्रविधिको प्रयोगमार्फत स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनेछ।

उद्योग सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै उपभोक्ताले सुरक्षित खानेपानी पाउने अपेक्षा गरिएको छ। हरमटारी (पुरानो फिल्म हल भएको ठाउँ) मा स्थापना गरिएको यस उद्योगले जिल्लाभर र जिल्ला बाहिर पनि खानेपानी उपलब्ध गराउने  योजना बनाएको छ।

गोरखामा यसअघि जिल्ला बाहिरबाट धेरै मात्रामा प्रशोधित खानेपानी आपूर्ति गरी विक्री वितरण गरिंदै आएको थियो । गोरखा बोटलर्सका संचालक श्रेष्ठ गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न

गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा

गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन

बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा

गोरखाको द ओल्ड क्यापिटल मा. वि. देशभरमै उत्कृष्ट

बैशाख २०, गोरखा । गोरखास्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ। देशभरका हजारौँ माध्यमिक

↑