गोरखामा २३ औँ सवालाख रोट महोत्सव वैशाख १८ देखि
बैशाख २, गोरखा । गोरखा दरबार परिसरस्थित गोरखनाथ मन्दिरमा २३ औँ सवालाख रोट महोत्सव हुने भएको छ। सिद्वाश्रम शक्ति केन्द्र नेपालद्वारा आयोजित उक्त महोत्सव आगामी वैशाख १८ देखि २८ गतेसम्म हुनेछ ।विगत २०६१ सालदेखि आध्यात्मिक जागरण तथा विश्व कल्याणको उद्देश्यले महोत्सव हुँदै आएको हो।
महोत्सवको पहिलो दिन बैंक रोडस्थित केन्द्रबाट निकालिएको झाँकीसहितको र्यालीमा १०८ कन्याहरूले कलश बोकेर सहभागी भई गोरखा बजारका विभिन्न स्थान हुँदै गोरखनाथ मन्दिरमा पुगेर समापन हुनेछ। महोत्सव अवधिभर गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन–कीर्तन, पूजा, हवन, रोट अर्पण तथा प्रसाद वितरणलगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने छन्। ११ दिनसम्म चल्ने महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
धार्मिक मान्यताअनुसार गोरखनाथलाई रोट चढाउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। गहुँ, जौ तथा चामलको पिठोमा विभिन्न मसला मिसाएर बनाइने रोट महोत्सवको मुख्य आकर्षणका रूपमा रहनेछ। महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा
सिरानचोक लालीगुराँस मेला सम्पन्न
बैशाख १, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित प्रथम “सिरानचोक लालीगुराँस मेला २०८२/०८३” विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न, राष्ट्रिय फुटबल कटारी टाइगर र छात्रातर्फ गोरखा फुटबल क्लब विजयी
बैशाख १, गोरखा । गोरखामा युवा फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। द ओसन क्लब को

प्रतिकृया दिनुहोस