सिरानचोक लालीगुराँस मेला सम्पन्न

बैशाख १, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित प्रथम “सिरानचोक लालीगुराँस मेला २०८२/०८३” विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र श्रीनाथमण्डली र सिरानचोककोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले श्रीनाथमण्डली तथा कोट विकास समितिको आयोजना तथा गाउँपालिकाको प्रवर्द्धनमा चैत १६ गतेदेखि सुरु भएको मेला नयाँ वर्षको दिन वैशाख १ गते शुभकामना आदानप्रदानसहित समापन गरिएको हो।

मेलाअन्तर्गत आयोजना गरिएको लालीगुराँस दौड प्रतियोगिता प्रमुख आकर्षणका रूपमा रहेको थियो। सिरानचोक गाउँपालिकाको कार्यालय चित्रेपोखरीबाट सुरु भएको १० किलोमिटर दूरीको उक्त दौड सिरानचोककोटस्थित टुँडिखेलमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा २५ भन्दा बढी स्थानीय तथा राष्ट्रिय स्तरका धावकहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा कपिलवस्तुका अजय पाण्डे क्षेत्रीले ३७.१३ मिनेटमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । त्यस्तै तनहुँको आबुँखैरेनीका सनम गुरुङ्गले ३७.२९ मिनेटमा दौड पूरा गरी दोस्रो स्थान र गोरखाको पालुङटारका सरोज गिरीले ४०.११ मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्नुभएकाे छ । विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

मेलाको अवसरमा सिरानचोक क्षेत्रको लालीगुराँस लगायत प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्न पाँच विभिन्न स्थानबाट श्रीनाथमण्डलीसम्म पुग्ने गरी पदयात्रा मार्ग निर्धारण गरिएको थियो। ती मार्गहरूमा सयौँ पदयात्रीहरूले लालीगुराँस अवलोकन गर्दै पदयात्रा सम्पन्न गरेका थिए।

मेलाको अवसरमा स्थानीय तथा रैथाने कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री वितरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। चैत २६ गतेदेखि ३० गतेसम्म गाउँपालिका प्राङ्गण चित्रेपोखरीमा र नयाँ वर्षको दिन वैशाख १ गते श्रीनाथमण्डली क्षेत्रमा उक्त प्रदर्शनी गरिएको थियो। गाउँपालिकाका आठवटै वडाका कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका थिए। प्रदर्शनीमा सहभागी १७ जना कृषक तथा उद्यमीहरूलाई सम्मान गरिएको थियो। यसैगरी मेलाका क्रममा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, लालीगुराँस फोटो तथा भिडियो प्रतियोगिता पनि सम्पन्न गरिएको थियो।

नयाँ वर्ष वैशाख १ गते श्रीनाथमण्डली क्षेत्रमा आयोजित विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानसँगै प्रथम सिरानचोक लालीगुराँस मेला २०८२/०८३ औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन

वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

गोरखामा २३ औँ सवालाख रोट महोत्सव वैशाख १८ देखि

बैशाख २, गोरखा । गोरखा दरबार परिसरस्थित गोरखनाथ मन्दिरमा २३ औँ सवालाख रोट महोत्सव हुने भएको छ। सिद्वाश्रम शक्ति केन्द्र नेपालद्वारा आयोजित उक्त

यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न, राष्ट्रिय फुटबल कटारी टाइगर र छात्रातर्फ गोरखा फुटबल क्लब विजयी

बैशाख १, गोरखा । गोरखामा युवा फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। द ओसन क्लब को

↑