आज मौसम बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

चैत १०, गोरखा । आज गण्डकी प्रदेशका विभिन्न पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपछि गण्डकीका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्नेछ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले गण्डकी प्रदेशसहित कोशी, मधेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बादल लागेको अवस्था छ। यसको प्रभावले गण्डकीमा मौसम दिनभरि परिवर्तनशील रहने अनुमान गरिएको छ।

यसैबीच, काठमाण्डौ उपत्यकामा बिहानदेखि घाम लागे पनि दिउँसोपछि आंशिक बदली भई मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।

महाशाखाले आज गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ।

प्रतिकृया दिनुहोस

जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न

गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा

गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन

बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा

गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन

बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा

↑