उत्तरी गोरखाको पीडा बोल्ने गीत ‘भिर देखिन्छ पिरहरुको’ सार्वजनिक
चैत ६, गोरखा । ‘भिर देखिन्छ पिरहरुको’ बोलको गीतमार्फत उत्तरी गोरखाको कथा र व्यथा प्रस्तुत गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुरज पण्डितको स्वर र संगीतमा तयार उक्त भिडियो सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
भौगोलिक विकटताका कारण उत्तरी गोरखाका बासिन्दाले भोग्दै आएका दुःख, पीडा र समस्यालाई गीतमार्फत सशक्त रूपमा प्रस्तुत गरिएको छ। राजधानीले नदेखेका दुर्गम बस्तीका वास्तविकता, जनजीवनका चुनौती र उपेक्षालाई भिडियोले उजागर गरेको छ।
म्युजिक भिडियो हिमाली क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा छायांकन गरिएको हो, जसले त्यहाँको यथार्थ जीवनशैलीलाई चित्रण गरेको छ। प्रेम पौडेलको शब्द रहेको गीतले गाउँका पीडा सहरले नदेखेको अवस्था, चुनाव जितेका नेताहरू गाउँमा नफर्कने प्रवृत्ति, विदेशिने तयारीमा रहेका युवाहरूले स्वदेशको आवाज नपर्खने अवस्था तथा विकास र समृद्धिका नारा कागजमै सीमित भएको यथार्थलाई समेटेको छ।
गीतमा सुरज पण्डित स्वयंका साथै स्थानीय कलाकार सोनाम छिरिङ र मोडल जोनिशा गुरुङलगायतको अभिनय रहेको छ।
यसअघि गायक पण्डितले कर्णालीको पीडालाई समेत समेट्ने ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा’, ‘मेरी हजुर’, ‘रातो किताब’ ‘सिंहदरबार’ लगायतका थुप्रै गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिसक्नु भएको छ।
उक्त म्युजिक भिडियो युट्युबमा तल क्लिक गरेर हेर्न सकिन्छ ।
‘भिर देखिन्छ पिरहरुको’ गीत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न
गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा
गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन
बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा
गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन
बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा

प्रतिकृया दिनुहोस