गोरखामा ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभातफेरी सम्पन्न
चैत्र ४, गोरखा - विश्वव्यापी रूपमा मनाइँदै आएको ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा गोरखामा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। ‘स्मार्ट मनि टल्क्स’ भन्ने मूल नारासहित बुधबार आयोजना गरिएको कार्यक्रममा गोरखास्थित विभिन्न बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रभातफेरी हरमटारी पेट्रोलपम्पदेखि सुरु भई ठुलोआँगनसम्म पुगेको थियो। सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि गर्ने सन्देशसहित नगर परिक्रमा गरेका थिए।
सन् २०१२ देखि सुरु भएको ‘ग्लोबल मनि विक’ अभियान हाल विश्वका १७० भन्दा बढी देशहरूमा मनाइँदै आएको छ। यस क्रममा हरेक वर्ष सप्ताहव्यापी रूपमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गरिन्छन्।
बैंकर्स संघ गोरखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष जीवन बानियाँले यस्ता कार्यक्रमहरूले विशेषगरी युवाहरूमा स्वस्थ वित्तीय बानी विकास गर्न तथा भविष्यका वित्तीय योजना निर्माणप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उत्तरी गोरखाको सकसले भरिएको जनजीवन नियाल्दा
पूर्णिमा कार्की - भनिन्छ- गन्तव्य एकै भएपनि यात्राका उद्देश्य र सपना भने सबैका फरक-फरक हुन्छन् | हाम्रो यस यात्रामा भेटिएका यात्रीमध्ये पनि कसैलाई
अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी पनि छ, उपयोगिताबारे जानौं
- रमेश थापामगर यस बर्षको तीज नेत्र अर्यालको शब्द (गीत), खेम सेञ्चुरीको संगीत/भाका र शान्तिश्री परियारको स्वरमा सिर्जित अरेली काँडैले मलाई च्वास्सै
स्मृतिमा भोजराज काका (संस्मरण)
मधुकर खड्का वारपाक सुलिकोट–५, हाल काठमाण्डौं । ========== २०६१ कार्तिक २४ गते साझ लोक बहादुर काका हाम्रो घर आए । अनुहार मलिन थियो भावभंगीमा आक्रोश र

प्रतिकृया दिनुहोस