अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी पनि छ, उपयोगिताबारे जानौं
- रमेश थापामगर
यस बर्षको तीज नेत्र अर्यालको शब्द (गीत), खेम सेञ्चुरीको संगीत/भाका र शान्तिश्री परियारको स्वरमा सिर्जित अरेली काँडैले मलाई च्वास्सै च्वास्सै... बोलको गीतले गुञ्जायमान भयो । अर्थात गाउँ सहर, झुपडीदेखि महलसम्मका आमा, दिदी बहिनीहरुले अरेली काँडैले मलाई च्वास्सै च्वास्सै भन्ने गीतमा कम्मर मर्काई मर्काई नाचे ।
वनपाखामा घाँस दाउरा गर्ने आमा दिदी बहिनीहरु त अरेली काँडाको बिरुवाका बारेमा जानकार नै होलान् , यसको फाईदा बेफाईदाका बारेमा अबगत नै होलान् तर शहर बजारमा बस्ने कतिपय आमा दिदी बहिनीहरु भने यस अरेली काँडाको बिरुवा बारे पक्कै जानकार छैनन् ।
झनै गीत र नाचको अभिनयले त अरेली काडा एकदमै घातक, बिषालु बिरुवा हो भन्ने भावना पैदा गराएको छ । बास्तवमा काडा आफैमा विषालु र हानिकारक बस्तु हो । यति हुँदा हुँदै पनि अरेली काँडा बिरुवाका आफ्नै महत्व र गुणहरु छन् ।
किशोर किशोरी र अरेली काँडा बिरुवाका बारेमा जानकार नभएकाहरुले यस गीतको भावबाट यो एक विषालु र हानिकारक काँडा हो भन्ने मात्र बुझ्न सक्छन् तर त्यसो मात्र होईन यस अरेली काँडा बिरुवाको कैयौं जीवन उपयोगी गुणहरु पनि छन् , जुन यस प्रकार छन् :
१.समय सूचक बिरुवा
यो बिरुवा ५–१५ फिट अग्लो, रातो फूल्ने, कोशामा बिज, पतझर,काडायुक्त हुन्छ । यो गर्मी जलवायुमा तराई देखि पहाडका रुखा डाडा भीरपाखामा प्रशस्त पाईन्छ । अरेली काडाको पात मसिनो हुन्छ ,यो बेलुकी घाम डुब्नासाथ लज्जावति झार झै ओईलिन्छ ।
घाम लागिरहदा अर्थात् दिनभर यसको पात फुकेको हुन्छ तर घाम डुबेपछि वा बेलुकी भएपछि यसका मसिना पातहरु एक आपसमा खप्टिन्छ र ओईलाएको जस्तो देखिन्छ । भोलिपल्ट बिहान भएर घामलागे पछि फेरि यसका पातहरु फुक्छन् ।
घाम डुबेपछि यो बिरुवाको पात ओईलाउने भएकाले असार साउनमा पानी परेको बखत वा घामलाई बादलले छेकेको बेला रात पर्न लागेको जानकारी यो बिरुवाले दिन्छ ।
त्यसैले घडीको आबिष्कार नहुदा वा घडी नहुने किसानहरुका लागि खेत बारीमा काम गरेर फर्कने समयको जानकारी यो बिरुवाबाट पाईन्छ। त्यसैले अरेली काडाको बिरुवा समय सूचक बिरुवा हो । हाम्रा पुर्वजहरुले यस बिरुवाबाट समयको जानकारी लिने गर्दथे ।
२. बारुद निर्माणमा प्रयोग
बारुद बनाउनका लागि सोडा, गन्धक र अंगार चाहिन्छ । बारुदका लागि चाहिने अंगार अरेली कांडाको बिरुवाबाट बनाउन सकिन्छ । छिप्पिएको अरेली कांडाको दाउरा बनाएर बाल्ने र त्यसको कोईलाबाट अंगार बनाउन सकिन्छ ।
३. औषधीय उपयोगिता
यो बिरुवा औषधिको रुपमा पनि उपयोगी बिरुवाको रुपमा चिनिन्छ । यसको पञ्चाङ्गले चिसोको जोर्नी दुखाई ,सुन्निने–फुल्ने, आमवात, रुघा, खोकी, पिनास, स्नायुवात, अग्निमन्द, मेद, मज्जा नबन्नु ईत्यादिमा अचुक काम गरि सञ्चो पार्छ ।
यसले गर्भाशय– पाठेघर सुन्निने, ठूलो हुने र खस्नेमा तुरुन्त काम गरि लाभ पुर्याउछ ।
अरेली काडैले मलाई च्वास्सै च्वास्सै भन्ने गीतको शब्द संगीत मात्रै होईन यो गीतमा ब्यक्त भएको अरेली कांडा बिरुवाको उपयोगिता पनि जान्न बुझ्न जरुरी छ ।
- लेखक शहिद लखन गाऊँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।
गोरखामा ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभातफेरी सम्पन्न
चैत्र ४, गोरखा - विश्वव्यापी रूपमा मनाइँदै आएको ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा गोरखामा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न
उत्तरी गोरखाको सकसले भरिएको जनजीवन नियाल्दा
पूर्णिमा कार्की - भनिन्छ- गन्तव्य एकै भएपनि यात्राका उद्देश्य र सपना भने सबैका फरक-फरक हुन्छन् | हाम्रो यस यात्रामा भेटिएका यात्रीमध्ये पनि कसैलाई
स्मृतिमा भोजराज काका (संस्मरण)
मधुकर खड्का वारपाक सुलिकोट–५, हाल काठमाण्डौं । ========== २०६१ कार्तिक २४ गते साझ लोक बहादुर काका हाम्रो घर आए । अनुहार मलिन थियो भावभंगीमा आक्रोश र

प्रतिकृया दिनुहोस