भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य
१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ ।
अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।
यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो ।
अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।
अर्कोतर्फ कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।
यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।
प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
चैत ११, गोरखा । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने
काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन
नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन
माघ २६, गोरखा । गोरखा घर भई हाल दक्षिण कोरियामा रहेका ब्यक्तिहरुको साझा संस्था नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन भएको छ

प्रतिकृया दिनुहोस