प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

चैत ११, गोरखा । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि पहिलो वर्गका लागि १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ तोकिएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन्। काठमाण्डौ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरिएको छ।

पश्चिम एसियामा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै स्वदेशमा पनि मूल्य समायोजन गरिने निगमको भनाइ छ।

प्रतिकृया दिनुहोस

भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ

अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन

नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन

माघ २६, गोरखा ।  गोरखा घर भई हाल दक्षिण कोरियामा रहेका ब्यक्तिहरुको साझा संस्था नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन भएको छ

↑