पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने
असार १५, गोरखा ।
गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी मैत्री, सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान-प्रदान गर्ने उद्देश्य सहित भगिनी सम्बन्ध (Sister City Relationship) स्थापना सम्बन्धी समझदारी-पत्रमा सोमवार हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन तथा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गर्नुभएको हो।
समझदारी-पत्रअनुसार दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, शहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक विकास तथा सामाजिक विकास लगायतका क्षेत्रमा आपसी सहकार्य, अनुभव आदान-प्रदान तथा प्राविधिक सहयोगलाई संस्थागत रूपमा अघि बढाउने सहमति गरेका छन्।
त्यसैगरी, दुवै नगरपालिकाबीच जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदान-प्रदान, योजना तथा नीति सम्बन्धी जानकारीको साझेदारी, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा समेत समझदारी भएको पालुुुङटार नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिले प्रेस नोट जारी गरि जानकारी गराउनु भएको छ ।
समझदारी अनुसार पालुङटार नगरपालिका वडा नं. ५ स्थित चारकुने बगैंचामा टोखा नगरपालिका र पालुङटार नगरपालिकाको सहलगानीमा टोखा-पालुङटार खुल्ला व्यायामशाला सहितको मैत्रीपूर्ण पार्क निर्माण गरिनेछ ।
यस्तै पालुङटार नगरपालिकाको रैथाने उत्पादनलाई टोखामा बजारीकरण गर्ने पालुङटारका नगरप्रमुख चिन्तनले जानकारी गराउनु भयो । यस ऐतिहासिक कार्यले दुवै स्थानीय तहबीच दीर्घकालीन मित्रता, साझा विकास तथा समृद्धिको यात्रामा नयाँ आयाम थप्ने दुबै नगरपालिकाको अपेक्षा छ।
कार्यक्रममा दुबै नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितका जनप्रतिनिधी र कर्मचारीहरूको सहभागीता रहेको थियो ।
जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न
गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा
गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड
असार १०, गोरखा । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव गरेको छ । १९ औं नगरसभा अन्तर्गत बुधवारको
यी हुन् मेस्सीले बनाइदिएका गोरखाका एक सहित नेपालका १४ स्वास्थ्य चौकी
किरण लोहनी असार ५, गोरखा । गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग

प्रतिकृया दिनुहोस