गोरखामा “गोरखा बोटलर्स” नामको खानेपानी उद्योग संचालन
बैशाख २१, गोरखा । गोरखा जिल्लाको हरमटारीमा “गोरखा बोटलर्स” नामक नयाँ खानेपानी उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। खाद्य प्रविधि तथा गुणस्तर विभागबाट प्रमाणित भएपछि मात्रै उद्योग सञ्चालनमा ल्याइएको हो ।
उद्योगले प्रति घण्टा करिब २ हजार लिटर प्रशोधित पिउने पानी उत्पादन गर्ने क्षमता रहेको संचालक रामस्वरुप श्रेष्ठले जानकारी दिनुभयो। करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यस उद्योगले आधुनिक प्रविधिको प्रयोगमार्फत स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनेछ।
उद्योग सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै उपभोक्ताले सुरक्षित खानेपानी पाउने अपेक्षा गरिएको छ। हरमटारी (पुरानो फिल्म हल भएको ठाउँ) मा स्थापना गरिएको यस उद्योगले जिल्लाभर र जिल्ला बाहिर पनि खानेपानी उपलब्ध गराउने योजना बनाएको छ।
गोरखामा यसअघि जिल्ला बाहिरबाट धेरै मात्रामा प्रशोधित खानेपानी आपूर्ति गरी विक्री वितरण गरिंदै आएको थियो । गोरखा बोटलर्सका संचालक श्रेष्ठ गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुनुहुन्छ ।
पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने
असार १५, गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी मैत्री, सहकार्य तथा दिगो विकासका
जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न
गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा
गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड
असार १०, गोरखा । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव गरेको छ । १९ औं नगरसभा अन्तर्गत बुधवारको

प्रतिकृया दिनुहोस