दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनल र फाईनल खेल शनिबार हुने
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको आयोजनामा हरमटारी खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रबार चार खेल तय गरिएमध्ये तीन खेल सम्पन्न भएका छन् भने एक खेलको नतिजापछि सेमिफाइनल समीकरण टुंगो लाग्ने भएको छ।
दोस्रो दिन सम्पन्न खेलमा धादिङको नीलकण्ठ नगरपालिकाले आरुघाट गाउँपालिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। यस्तै अर्को खेलमा बारपाक सुलिकोट गाउँपालिकाले अजिरकोट गाउँपालिकामाथि जित निकाल्दै सेमिफाइनल यात्रालाई थप बलियो बनाएको छ।
त्यसैगरी आरुघाट गाउँपालिकाले गोरखा नगरपालिकालाई हराउँदै महत्वपूर्ण जित हात पारेको छ। उक्त जितसँगै आरुघाट सेमिफाइनलमा पुगेको छ।
आज हुने भनिएको अर्को खेल शहीद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच भोलि विहान मात्र हुने आयोजकले जनाएको छ। यी दुवै टोली सेमिफाइनल चरणमा प्रवेश गर्ने निश्चित भइसके पनि उक्त खेलको नतिजापछि समूह चरणको अन्तिम स्थान र सेमिफाइनल प्रतिस्पर्धाको समीकरण तय हुने बताइएको छ।
सेमिफाईनल खेल भने शहीद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका विच हुने खेलको विजेता टिमसंग शहिद लखन गाउँपालिका र उप विजेता टिमसंग निलकण्ठ नगरपालिकाले खेल्नेछ।
प्रतियोगितामा गोरखा जिल्लाका पाँच स्थानीय तह तथा गोरखा नगरपालिकासँग भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिकासहित ६ टोली सहभागी छन्। प्रतियोगिता भोलि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।
पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने
असार १५, गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी मैत्री, सहकार्य तथा दिगो विकासका
जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न
गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा
गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड
असार १०, गोरखा । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव गरेको छ । १९ औं नगरसभा अन्तर्गत बुधवारको

प्रतिकृया दिनुहोस