दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगितामा गोरखा जिल्लाका पाँच स्थानीय तहका साथै गोरखा नगरपालिकासँग भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिकासहित कुल ६ टिम सहभागी भएका छन्। जसमा आरुघाट, अजिरकोट, शहीद लखन, बारपाक सुलिकोट, गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिका रहेका छन्।
लिग चरणअन्तर्गत पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो, जसमा नीलकण्ठले ३-० को सेटमा जित हात पारेको छ। यस्तै, शहीद लखन गाउँपालिका र अजिरकोट गाउँपालिकाबीच भएको दोस्रो खेलमा शहीद लखन विजयी भएको छ।
प्रतियोगिताको विजेताले नगद रु १ लाख ३४ हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु ६८ हजार, तेस्रो हुने टिमले रु ४० हजार र सान्त्वना स्थान हासिल गर्ने टिमले रु २० हजार पुरस्कार पाउनेछ।
गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको अध्यक्षता तथा मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुसलीबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङ तथा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रतियोगिताको फाईनल वैशाख ५ गते शनिबार हुनेछ।
पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने
असार १५, गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी मैत्री, सहकार्य तथा दिगो विकासका
जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न
गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा
गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड
असार १०, गोरखा । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव गरेको छ । १९ औं नगरसभा अन्तर्गत बुधवारको

प्रतिकृया दिनुहोस