दोश्रो गोरखा जेसिस फुटसल प्रतियोगिता २०२६ को उपाधी शुक्लागण्डकी जेसीज ‘बी’ लाई

चैत २२, गोरखा । गोरखामा युवा नेतृत्व र खेल संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। गोरखा नगरपालिका–९ दलभञ्ज्याङस्थित कृत्रिम घाँसे मैदानमा सम्पन्न उक्त प्रतियोगिताले खेलमार्फत सहकार्य, अनुशासन र नेतृत्व विकासको सन्देश दिएको आयोजकले बताएको छ।

प्रतियोगितामा तनहुँको शुक्लागण्डकी जेसीज ‘बी’ टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हासिल गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा गोरखा जेसीजलाई ४–२ गोल अन्तरले पराजित गर्दै शुक्लागण्डकी विजेता बन्न सफल भएको हो। विजेता टिमले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता गोरखा जेसीजले ३५ हजार रुपैयाँ प्राप्त गरेको छ।

व्यक्तिगततर्फ गोरखा जेसीजका जमिर मास्के उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। त्यस्तै, शुक्लागण्डकी जेसीज ‘बी’ का विशाल अधिकारी उच्च गोलकर्ता र बालकृष्ण भुजेल उत्कृष्ट गोलरक्षक घोषित हुनुभएको छ। उहाँहरूले जनही दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।

यसैगरी, व्यास नगर जेसीजले फेयर प्ले अवार्ड प्राप्त गर्नुभएको छ भने पोखरा जेसीज अनुशासित टिम घोषित हुनुभएको छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।

गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठले यस्ता प्रतियोगिताले युवा नेतृत्व विकाससँगै समुदाय निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।

गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उपप्रमुख मसलीमाया थोकरज्यू, नेपाल जेसीज २०२६ का राष्ट्रिय उपाध्यक्ष (एरिया बी) आर्योग्य श्रेष्ठज्यू लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम संयोजक समिर कुँवरज्यूले प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’

किरण लोहनी असार ५, गोरखा ।  गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका

बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु

बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

↑