गोरखा फिटनेस क्लबद्वारा बडीबिल्डर घले सम्मानित
चैत १५, गोरखा । राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै गोरखाको नाम उचो बनाउनु भएका बडीबिल्डर सुरज घले लाई गोरखा फिटनेस क्लबले सम्मान गरेको छ। हालै चितवन मा सम्पन्न नवौँ मिस्टर हिमालय बडीबिल्डिङ प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेपछि घलेलाई आइतबार विशेष कार्यक्रम आयोजना गरी नगद र खादा सहित सम्मान गरिएको हो।
धार्चे गाउँपालिका वडा नं. ३ उहिया का घले ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। क्लबका सञ्चालक संगमबाबु श्रेष्ठका अनुसार घलेको उपलब्धिले सम्पूर्ण गोरखावासीलाई गर्वको अनुभूति गराएको छ। उक्त प्रतियोगितामा उहाँले २५ हजार रुपैयाँ नगदसहित मेडल जित्दै दोस्रो स्थान हासिल गर्नुभएको थियो। यसअघि बुटवलमा आयोजित सेकेन्ड मिस्टर रामापिथेकस नेसनवाइड च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदै टप–६ मा पर्न सफल भएका थिए। गृह जिल्लामै सम्मानित हुन पाउँदा आफू निकै खुसी भएको घलेले बताउनुभयो।
‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’
किरण लोहनी असार ५, गोरखा । गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

प्रतिकृया दिनुहोस