गोरखामा “दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६” हुने

चैत ५, गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन तथा सामाजिक सशक्तीकरणलाई लक्ष्य गर्दै “दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ।

उक्त प्रतियोगिता वि.सं. २०८२ साल चैत २० र २१ गते गोरखा नगरपालिका–९, दलभञ्ज्याङस्थित फुटसल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरका विभिन्न जेसीज शाखाहरूको सहभागिता रहने बताईएको छ।

प्रतियोगिताले गोरखालाई खेलकुद तथा पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको गोरखा जेसीज गोरखा वर्ष २०२६ का अध्यक्ष जेसी सुजित श्रेष्ठले बताउनु भयो ।

प्रतियोगिता व्यवस्थित, प्रतिस्पर्धात्मक तथा मर्यादित ढंगले सञ्चालन गरिने कार्यक्रम संयोजक जेसी समीर कुँवरले जानकारी दिनुभयो। महासचिव जेसी बुद्धि जोगीका अनुसार खेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने बताउनु भयो ।

प्रतियोगिताको विजेता टोलीले ५५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल पाउनेछ।

यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, फेयर प्ले अवार्ड तथा बेस्ट सपोर्टर टिम अवार्ड लगायतका विधामा विशेष पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताले गोरखा जिल्लाको पर्यटन प्रवर्द्धन, स्थानीय व्यवसायको विकास गर्दै युवाहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गोरखा जेसीज गोरखाले कार्यक्रम सफल बनाउन सबै सरोकारवालासँग सहयोग र सहभागिताका लागि आग्रह समेत गरेको छ।

प्रतिकृया दिनुहोस

‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’

किरण लोहनी असार ५, गोरखा ।  गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका

बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु

बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

↑