यी स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना

चैत्र २, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ। सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू(भागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।   

कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार राति कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

राति गण्डकी,  कर्णाली र सुदुरपश्चिम  प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू÷भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

आज यी स्थानमा चट्याङसहित हल्का वर्षा

चैत्र ३, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

चैत्र ३, काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।

अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

चैत्र २, काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी)

↑