गोरखामा चैत २७ गतेदेखि ११ औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने
फागुन २७, गोरखा । गोरखामा चैत २७ गतेदेखि ११ औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । ओसन क्लब अफ गोरखाको आयोजनामा आगमी चैत २७ गतेदेखि बैशाख १ गतेसम्म यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । गोरखा मेयर युवा फुटबल बिकास परियोजना अन्तरगत प्रतियोगिता आयोजना गरिएको बुधबार पत्रकारसम्मेलन मार्फत क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने उहाँले बताउनुभयो । जसमा एजी टेन एकेडेमी ललितपुर, समाज कल्याण खेलकुद केन्द्र क्बल काठमाडौं, जि एण्ड ए एकेडेमि काठमाडौं, घोडाघोडि फुटबल एकेडेमि कैलाली, कटारी टाईगर फुटबल क्लब उदयपुर, नव जन जार्गती क्लब सिमरा, पटिहानि फुटबल क्लब चितवन, नारायणगढ फुटबल क्लब चितवन, स्टार स्पोर्ट युवा क्लब चितवन र द एक्सेलसर स्कुल काठमाडौंको सहभागिता रहने जनाएको छ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३९ खेल हुने अध्यक्ष खत्रीले बताउनुभयो । सहभागि टिमहरुले एक आपसमा कम्तिमा ५ खेल खेल्नेछन् । प्रतियोगिताबाट बाल तथा युवा खेलाडीहरुको प्रतिभा पहिचान गर्नु साथै फुटबलको आधारभूत विकासलाई प्रोत्सहान गरि राष्ट्रिय स्तरमा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्य रहेको क्लबका अध्यक्ष खत्रीले बताउनुभयो । प्रतियोगिताको बिजेता टिमले नगद २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र साथमा रनिङ ट्रफि प्राप्त गर्नेछन् । यस्तै उपबिजेता टिमले नगद १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोतिाको अनुशासित टिमलाई फेयर प्ले अवार्ड, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि २० लाख १२ हजार लागत लाग्ने अनुमान गरिएको छ । जसमध्य ९ लाख सहभागि टिमहरुले नै खर्च ब्यहोर्ने र बाँकी आयोजकले गर्ने बताएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीको उमेर २०६९ सालको पुष १७ गतेदेखि २०७१ साल पुष १६ गतेसम्मको हुनु पर्ने मापदण्ड तोकिएको छ ।
‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’
किरण लोहनी असार ५, गोरखा । गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

प्रतिकृया दिनुहोस