दशौं गोर्खाली रनिङ कपः उपाधीको लागि चाइनिज धारा फेमेली र रेड युनाइटेड भिड्दै

फगुन ९, गोरखा । गोरखा नगरपालिका–६ हरमटारीस्थित खेलकुद मैदानमा जारी दशौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधीको लागी चाइनिजधारा फेमेली र रेड युनाइटेड भिड्ने आयोजक क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

हरमटारी क्लबको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको थियो । प्रतियोगिताको पहिले सेमिफाइनल खेलमा सोसल वइलफियर सेन्टर क्लबलाई ३–१ गतेल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै आज रेड युनाइटेड र लक्ष्मीबजार हर्ट क्लबबीच फाइनलमा स्थान बनाउनको लागी प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा निर्धारित समयमा दुबै टिमबाट १–१ गोल मात्रै भएको थियो । त्यसपछिको पेनाल्टी सुटआउटमा रेड युनाइटेड बिजयी बन्दै फाइनल प्रवेश गरेको अध्यक्ष श्रेष्ठले     बताउनुभयो । प्रतियोगिताको उपाधी बिजेता टिमले नगद ४ लाख सहित ट्रफी प्राप्त गर्नेछन् । उपबिजेताले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी रु २५ हजार, सर्वोत्कृष्ट गोलरक्षक १५ हजाार, उदयमान खेलाडी १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा गोरखा जिल्ला भित्रका ६, चितवन, पोखरा, काठमाण्डौ र नवलपुरको १÷१ टिम गरि १० टिमको सहभागिता रहेको थियोे । 

प्रतिकृया दिनुहोस

‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’

किरण लोहनी असार ५, गोरखा ।  गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका

बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु

बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

↑