दशौं गोर्खाली रनिङ कपमा आजदेखि सेमिफाइनलका खेल हुनेः चाइनिजधारा फेमेली र सोसल वइलफियर भिड्दै

फागुन ७, गोरखा । गोरखा नगरपालिका–६ हरमटारीस्थित खेलकुद मैदानमा जारी दशौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुने भएको छ । हरमटारी क्लबको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने मुल नाराका साथ  प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा आज क्वाटरपलाइनलका दुई खेल सम्पन्न भएको आयोजक क्बलका महासचिव मनोज गुरुङले जानकारी दिनुभयो । पहिलो खेलमा हरमटारी क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै सोसल वइलफियर सेन्टर क्लबले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।

यस्तै दोस्रो खेलमा ३–० गोल अन्तरले गण्डकी पुलिस क्लबलाई पराजित गर्दै रेड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि बिजेता बन्दै चाइनिजधारा फेमेली र लक्ष्मी बजार हर्ट क्लब पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । आज हुने पहिलो सेमिफाइनल खेलमा चाइनिज धारा फेमेली र सोसल वइलफियर सेन्टर क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन गर्नका लागि १०० टिकट शुल्क निर्धारण गरिएको महासचिव गुुरुङले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’

किरण लोहनी असार ५, गोरखा ।  गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका

बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको

दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु

बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी

↑